SHREE RAMTULASI HIGH SCHOOL


"आधारभूत भौतिक पूर्वाधार सहित गुणस्तरीय शिक्षाको लागि योगदान, अनुसन्धानात्मक प्रतिस्पर्धी शिपयुक्त सक्षम जनशक्ति उत्पादन "
Working time:Sunday - Friday 07:00am to 17:00pm


 
शिलबन्दी दरभाउ आह्वान: शिलबन्दी दरभाउ फाराम अभिभावक विवरण: अभिभावक विवरण विदा सम्बन्धि सूचना: पुष २८ गते देखि माघ १० गते सम्म विद्यालय बन्द रहने तथा ११ गते देखि नियमित पठनपाठन हुने व्यहाेरा सबैमा जानकारी गराइन्छ । विदा सम्बन्धि सूचना: पुष २८ गते देखि माघ १० गते सम्म विद्यालय बन्द रहने तथा ११ गते देखि नियमित पठनपाठन हुने व्यहाेरा सबैमा जानकारी गराइन्छ । मन्टेश्वरी शिक्षक अावश्यकता : मन्टेश्वरी शिक्षक अावश्यकता सम्बन्धी सूचना शिक्षक विज्ञापन सम्बन्धि सूचना : एग्रीकल्चर

Blog Archieves

गजल

सन्तान जन्माई ज्यूँदै फाल्ने,माउहरू बढ्न थाले । आफ्नै छोरी बलात्कार गर्ने, बाउहरू बढ्न थाले । समय काल उचित छैन, जोगिएर हिड्नु राम्रो, जागीर भन्दै अस्मिता लुट्ने,साउहरू बढ्न थाले । पसीनाको भेल बगाउने, भोकभोकै मर्छ होला, गरीब पेटमा लात मार्दै, भाउहरू बढ्न थाले । दानव रूपी संसार भयो, मानवता छैन जस्तो, प्रतेक मनमा खुट्टा तान्ने दाउहरू बढ्न थाले । अस्तित्वलाई जोगाई अब,मान्छे बन्न गाह्रो भयो, दुर्गतिलाई पछ्याई बाटो पाउहरू बढ्न थाले ।
2019-03-10 चन्द्र प्रकाश भट्टराइ

गजल

कस्ले भन्छ यो देशमा कहाँ मात्रै नाटक छैन् । गाउँदेखि दरबारसम्म कहाँ मात्रै बाधक छैन् । बनाएनौ हामीले नै सदियौदेखि बनाएनौ, हामीसंग आज यौटा ज्योती छिर्ने फाटक छैन् । खोला, जंगल मात्र हैन, भित्र छन् खानी कत्ति, प्रयोग गरे थाहा हुन्छ छ की यस्मा मादक छैन ? सडक बल्यो, सदन ढल्यो, मानसिकता उस्तै नै छ, कसरी भनौ खिचातानी हाम्रा लागि घातक छैन् ।
2019-03-05 इटहरी, सुनसरी

अप्सरा : तिलोतामा

"तिलोत्तमा" उर्फ एक सार्है राम्री अप्सरा । यिनको सुन्दरताले महादेवकै ध्यान भङ्ग भए र तिलोत्तमा जता जता गए हेरि रहनको लागि ३ मुहारहरु रचना गरे । यता देवराज इन्द्र त यति मोहित भए, हजार आँखाहरु रचना गरे । हिरण्यकश्यपुका छोराहरु सुन्द र उपसुन्द अति मिलनसार, एक अर्काले सार्है माया गर्ने र एकै खाले दिमाग भएका दाजुभाई थिए । यिनिहरुको पराक्रमीले तिनै लोक जितेका थिए । ब्रम्हाजीबाट कसैले मार्न नसक्ने तर दाजुभाई आफै एक अर्कालाई मात्र मार्न सक्ने बरदान पाएपछि त झन देवी देवताहरु भागाभाग भएका थिए । ब्रम्हाजीले यिनै मिलनसार एवं पराक्रमी दाजुभाइहरु बिच फाटो ल्याउन बिश्वकर्मालाई विशेष आग्रह गरि तिलोत्तमा अप्सराको शृजना गरेका थिए । जब तिलोत्तमा सुन्द उपसुन्दको सामु पुगे, यिनको मोहनीले दुई दाजुभाईहरुले तिलोत्तमालाई आफ्नो बनाउन अन्तत: युद्ध नै गर्नु परे र सकिए ।
2019-03-05 महेश्वर महर्जन

चित्लाङ्ग : चारुमतिले बनाएको एक चैत्य

२३ सय वर्ष पहिले नेपालको भ्रमणमा आउँदा सम्राट अशोक पुत्री चारुमतीले चित्लाङ्गमा स्थापना गरेको एक चैत्य l बि.सं. २०१० पुर्व मोटरबाटो बन्नु अघि चित्लाङ काठमाडौ उपत्यका छिर्ने प्रमुख नाका थियो । काठमाडौ आवतजावत गर्न चिसापानी गढीमा राहदानी देखाउनु पर्दथ्यो रे ! त्यसैले चित्लाङ ऐतिहासिक रुपमा महत्वपुर्ण मानिन्छ । चित्लाङलाई तत्कालिन लिच्छवि राजा अंशुवर्माले गोठालाहरुलाई उपहार दिएको भनिन्छ । त्यसैले चित्लाङ बाख्रापालनको लागि प्रसिद्ध मानिन्छ । बि.सं. २०६१ सालमा यहाँ बाख्राको चिज उत्पादन गर्ने कारखाना खोलेपछि बाख्रापालन अझै उत्साहित भएको देखिन्छ ।
2019-03-05 kantipurdaily.com

Website Visitor Count: 127

Noticeboard
शिलबन्दी दरभाउ आह्वान

शिलबन्दी दरभाउ फाराम

प्रकासन मिति : 2024-05-02

अभिभावक विवरण

अभिभावक विवरण

प्रकासन मिति : 2024-02-11

विदा सम्बन्धि सूचना

पुष २८ गते देखि माघ १० गते सम्म विद्यालय बन्द रहने तथा ११ गते देखि नियमित पठनपाठन हुने व्यहाेरा सबैमा जानकारी गराइन्छ ।

प्रकासन मिति : 2023-01-13

विदा सम्बन्धि सूचना

पुष २८ गते देखि माघ १० गते सम्म विद्यालय बन्द रहने तथा ११ गते देखि नियमित पठनपाठन हुने व्यहाेरा सबैमा जानकारी गराइन्छ ।

प्रकासन मिति : 2023-01-13

मन्टेश्वरी शिक्षक अावश्यकता

मन्टेश्वरी शिक्षक अावश्यकता सम्बन्धी सूचना

प्रकासन मिति : 2022-08-07

शिक्षक विज्ञापन सम्बन्धि सूचना

एग्रीकल्चर

प्रकासन मिति : 2022-02-20



SHREE RAMTULASI SECONDARY SCHOOL
आधारभूत भौतिक पूर्वाधार सहित गुणस्तरीय शिक्षाको लागि योगदान, अनुसन्धानात्मक प्रतिस्पर्धी शिपयुक्त सक्षम जनशक्ति उत्पादन
CONTACT
Rampur, Palpa
977 075 400217
ramtulasirampur@gmail.com & info@ramtulasi.edu.np
SUBSCRIBE WITH US

Copyright © All rights reserved. Powered by IMERP