SHREE RAMTULASI HIGH SCHOOL


"आधारभूत भौतिक पूर्वाधार सहित गुणस्तरीय शिक्षाको लागि योगदान, अनुसन्धानात्मक प्रतिस्पर्धी शिपयुक्त सक्षम जनशक्ति उत्पादन "
Working time:Sunday - Friday 07:00am to 17:00pm


 
शिलबन्दी दरभाउ आह्वान: शिलबन्दी दरभाउ फाराम अभिभावक विवरण: अभिभावक विवरण विदा सम्बन्धि सूचना: पुष २८ गते देखि माघ १० गते सम्म विद्यालय बन्द रहने तथा ११ गते देखि नियमित पठनपाठन हुने व्यहाेरा सबैमा जानकारी गराइन्छ । विदा सम्बन्धि सूचना: पुष २८ गते देखि माघ १० गते सम्म विद्यालय बन्द रहने तथा ११ गते देखि नियमित पठनपाठन हुने व्यहाेरा सबैमा जानकारी गराइन्छ । मन्टेश्वरी शिक्षक अावश्यकता : मन्टेश्वरी शिक्षक अावश्यकता सम्बन्धी सूचना शिक्षक विज्ञापन सम्बन्धि सूचना : एग्रीकल्चर
`

NEWS DETAIL

Get latest breaking news & top stories today

पाल्पामा सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो

रामपुर । पाल्पाका निजी विद्यालयभन्दा केही सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर राम्रो भएको छ । सामुदायिक विद्यालयमा पढाइको स्तर कम भएको भन्ने जनगुनासो बढिरहँदा पाल्पाका केही विद्यालयमा भने निजी विद्यालयमा भन्दा शिक्षाको गुणस्तर राम्रो भएको अभिभावकहरुले बताउन थालेका छन् । रामपुर बेझाडस्थित रामतुलसी माध्यमिक विद्यालय गुणस्तरीय पढाई हुन थालेपछि अहिले सो विद्यालय अभिभावक तथा विद्यार्थीको रोजाइ बनेको छ । प्रशस्त रुपमा कक्षाकोठा, विद्यालय हाताभित्रै खाजाघर, शौचालय, पानीको व्यवस्था, खेलमैदान, विद्यालय प्रवेश गर्ने वित्तिकै अनुशासित वातावरणमा पढाइ र अतिरिक्त क्रियाकलापका कारण आफूहरु त्यहाँ पढ्न लागेको विद्यार्थी निशान सिग्देलले बताए । उनले भने, “मायालु वातावरणमा शिक्षक पढाउन थालेपछि नै यो स्कुल मन पर्छ ।” पाल्पाका दुई विद्यालय नमूना विद्यालयमा छनौटसमेत भएका छन् । विद्यार्थी सङ्ख्या, विज्ञान सङ्कायमा पढाइ हुने, पुस्तकालय, प्रयोगशालाको व्यवस्था, भौतिक संरचना, १० रोपनी जग्गा भएको, कक्षा १ देखि १२ सम्म पढाइ हुने, नियमित लेखा परीक्षण, अध्यापन शैली तथा विद्यार्थीको शैक्षिक प्रगतिका आधारमा २०७४ मा सरकारले गँगा माध्यामिक विद्यालय र रामतुलसी माविलाई नमूना विद्यालयको रुपमा छनौट गरेको थियो । नर्सरीदेखि कक्षा १२ सम्म अङ्ग्रेजी, नेपालीसँगै विज्ञान तथा बालिविज्ञान विषयमा पढाइ हुने रामतुलसी मावि अहिले जिल्लाकै धेरै विद्यार्थी भएको दोस्रो विद्यालयको रुपमा रहेको छ । सो विद्यालयमा अहिले झण्डै दुई हजार विद्यार्थी अध्ययनरत छन् । पाल्पासँगै गुल्मी, पर्वत, अर्घाखाँची, स्याङ्जा, तनहुँ र नवलपुरबाट समेत पढाईका लागि यहाँ विद्यार्थी आउने गर्छन् । कक्षा नर्सरीदेखि कक्षा ५ सम्म अङ्ग्रेजी माध्यममा पढाइ हुन थालेपछि सरकारी विद्यालयप्रति आकर्षण बढेको शिक्षक लेखनाथ शर्मा मरासिनीले बताए । विद्यालयका सहयोगी कुलबहादुर दरैले भने, “ हेडसर बिहानैदेखि स्कुलमा आएपछि बेलुकासम्म खट्छन् । समयभन्दा कसैले तलमाथि गर्न पाउदैन । घण्टी बज्ने बितीकै सरहरु कक्षामा पस्छन्, तोकिएको समयमा विद्यालय नपुग्ने विद्यार्थी र शिक्षकलाई कारवाही हुन्छ ।” विद्यालय पुगेर कक्षा सञ्चालन, पठनपाठन, अतिरिक्त क्रियाकलावबारे चासो राख्दा पनि विद्यार्थी तथा शिक्षक अनुशासनमा डोर्‍याउन सहज हुने प्रधानाध्यापक बालकृष्ण लम्सालको भनाइ छ । विद्यालयमा उमेरले पाको भए पनि सबै शिक्षकहरुलाई खाली समयमा कम्प्युटर सीपसमेत सिकाइको छ । विज्ञान र प्रविधिको समयमा अब कम्प्युटरमार्फत शिक्षा दिनका निम्ति आफूले ४५ वर्षको उमेरमा ज्ञान सिकेर कम्प्युटरमार्फत नै पेपर निकाल्नेलगायत काममा समेत सहज भएको शिक्षक शान्ति रानाले बताए । देशका विभिन्न सरकारी पदमा कार्यरत कर्मचारी उत्पादन गर्ने रामपुरकै पुरानो विद्यालयका रुपमा परिचित रामतुलसी विद्यालय यस क्षेत्रकै गौरवमय शैक्षिक संस्थाका रुपमा परिचित रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद भट्टराईको भनाइ छ । पचहत्तर शिक्षकले अध्यापन गराउने विद्यालयमा गतवर्ष मात्रै ३५० नयाँ विद्यार्थी भर्ना हुन आएको थियो । तीमध्ये निजी तथा आवासीयबाट १५० विद्यार्थी अध्ययनका निम्ति आएका विद्यालयले जनाएको छ । अहिले पाल्पा जिल्लामा ४३७ सरकारी तथा ६० संस्थागत विद्यालय रहेका छन् । रासस
Published Date : 2019-03-05 Back

Website Visitor Count: 9

Noticeboard
शिलबन्दी दरभाउ आह्वान

शिलबन्दी दरभाउ फाराम

प्रकासन मिति : 2024-05-02

अभिभावक विवरण

अभिभावक विवरण

प्रकासन मिति : 2024-02-11

विदा सम्बन्धि सूचना

पुष २८ गते देखि माघ १० गते सम्म विद्यालय बन्द रहने तथा ११ गते देखि नियमित पठनपाठन हुने व्यहाेरा सबैमा जानकारी गराइन्छ ।

प्रकासन मिति : 2023-01-13

विदा सम्बन्धि सूचना

पुष २८ गते देखि माघ १० गते सम्म विद्यालय बन्द रहने तथा ११ गते देखि नियमित पठनपाठन हुने व्यहाेरा सबैमा जानकारी गराइन्छ ।

प्रकासन मिति : 2023-01-13

मन्टेश्वरी शिक्षक अावश्यकता

मन्टेश्वरी शिक्षक अावश्यकता सम्बन्धी सूचना

प्रकासन मिति : 2022-08-07

शिक्षक विज्ञापन सम्बन्धि सूचना

एग्रीकल्चर

प्रकासन मिति : 2022-02-20



SHREE RAMTULASI SECONDARY SCHOOL
आधारभूत भौतिक पूर्वाधार सहित गुणस्तरीय शिक्षाको लागि योगदान, अनुसन्धानात्मक प्रतिस्पर्धी शिपयुक्त सक्षम जनशक्ति उत्पादन
CONTACT
Rampur, Palpa
977 075 400217
ramtulasirampur@gmail.com & info@ramtulasi.edu.np
SUBSCRIBE WITH US

Copyright © All rights reserved. Powered by IMERP