SHREE RAMTULASI HIGH SCHOOL


"आधारभूत भौतिक पूर्वाधार सहित गुणस्तरीय शिक्षाको लागि योगदान, अनुसन्धानात्मक प्रतिस्पर्धी शिपयुक्त सक्षम जनशक्ति उत्पादन "
Working time:Sunday - Friday 07:00am to 17:00pm


 
शिलबन्दी दरभाउ आह्वान: शिलबन्दी दरभाउ फाराम अभिभावक विवरण: अभिभावक विवरण विदा सम्बन्धि सूचना: पुष २८ गते देखि माघ १० गते सम्म विद्यालय बन्द रहने तथा ११ गते देखि नियमित पठनपाठन हुने व्यहाेरा सबैमा जानकारी गराइन्छ । विदा सम्बन्धि सूचना: पुष २८ गते देखि माघ १० गते सम्म विद्यालय बन्द रहने तथा ११ गते देखि नियमित पठनपाठन हुने व्यहाेरा सबैमा जानकारी गराइन्छ । मन्टेश्वरी शिक्षक अावश्यकता : मन्टेश्वरी शिक्षक अावश्यकता सम्बन्धी सूचना शिक्षक विज्ञापन सम्बन्धि सूचना : एग्रीकल्चर
`

NEWS DETAIL

Get latest breaking news & top stories today

निजी भन्दा कम छैनन् सामुदायिक विद्यालय

रामपुर, सरकारी सामुदायिक विद्यालयमा पढाइको स्तर कम भएको भन्ने गुनासो बढिरहँदा पाल्पाका केही विद्यालयमा भने शिक्षाको गुणस्तर अब्बल रहेको पाइएको छ । रामपुर वेझाडमा रहेको रामतुलसी माध्यमिक विद्यालय हिजोआज अभिभावक र विद्यार्थी दुबैको रोजाइ बन्न थालेको छ । प्रशस्त कक्षाकोठा, विद्यालय हाताभित्रै खाजाघर, शौचालय, पिउने पानीको व्यवस्था, खेल मैदान, अनुशासित वातावरणमा पढाइ र अतिरिक्त क्रियाकलापले आफूहरुलाई लालायित पारेको विद्यार्थी निशान सिग्देलले बताउनुभयो । उहाँले भन्नुभयो – “मायालु वातावरणमा शिक्षकले पढाउनाले नै यो स्कुल मन पर्छ ।” पाल्पाका दुई वटा विद्यालय नमूना विद्यालयमा छनौट भएका छन् । विद्यार्थी सङ्ख्या, विज्ञान सङ्कायमा पढाइ हुने, पुस्तकालय, प्रयोगशालाको व्यवस्था, भौतिक संरचना, दश रोपनी जग्गासहितको हाता, कक्षा १ देखि १२ सम्मको कक्षा सञ्चालन, नियमित लेखा परीक्षण, अध्यापन शैली तथा विद्यार्थीको शैक्षिक प्रगतिका आधारमा २०७४ सालमा सरकारले नमूना विद्यालय छानेको थियो । यो विद्यालयलाई नमूना घोषणा गरिएको करीव ६ महिना पछि पाल्पाकै गंगा माध्यमिक विद्यालयले यो दर्जा पायो । नर्सरी कक्षादेखि कक्षा १२ सम्म अङ्ग्रेजी, नेपाली, विज्ञान तथा बाली विज्ञान विषयमा पढाइ हुने रामतुलसी मावि अहिले जिल्लामै धेरै विद्यार्थी सङ्ख्या हुनेमा दोस्रो स्थानमा छ । विद्यालयमा अहिले झण्डै दुई हजारको सङ्ख्यामा विद्यार्थी अध्ययनरत छन् । यहाँ अध्ययनका निम्ति पाल्पासँगै गुल्मी, पर्वत, अर्घाखाँची, स्याङ्जा, तनहुँ र नवलपुरबाट विद्यार्थी आएका छन् । सरकारी विद्यालयमा पनि नर्सरीदेखि कक्षा ५ सम्म अङ्ग्रेजी माध्यममा पढाइ हुन थालेपछि यस्ता विद्यालयप्रति सबैको आकर्षण बढेको शिक्षक लेखनाथ शर्मा मरासिनीले बताउनुभयो । उहाँका अनुसार स्याङ्जा, तनहुँ तथा नवलपुरजस्ता जिल्लाका अभिभावकले रामपुरमा कोठा भाडामा लिएर आफ्ना छोराछोरीलाई यस्ता विद्यालयमा पढाउन आएका छन् । सरकारी काम कहिले जाला घाम भन्ने भनाइलाई ठिक उल्टो पार्ने गरी बिहान घाम नलाग्दै विद्यालय पुग्ने विद्यालयका प्रधानाध्यापक बेलुकासम्मै विद्यालयमा खट्ने गरेको विद्यालयका सहयोगी कुलबहादुर दरैले बताउनुभयो । उहाँले भन्नुभयो – “हेडसर बिहानैदेखि स्कुलमा आएपछि बेलुकासम्मै खट्नुहुन्छ । समय भन्दा कसैले तलमाथि गर्न पाउँदैन । घण्टी बज्ने बित्तिकै सरहरु कक्षा कोठामा पस्नुहुन्छ । तोकिएको समयमा विद्यालय नपुग्ने विद्यार्थी र शिक्षकमाथि कारवाही हुन्छ ।” समयमै विद्यालय पुगेर कक्षा सञ्चालन, पठनपाठन, अतिरिक्त क्रियाकलापबारे चासो राख्दा पनि विद्यार्थी र शिक्षकलाई अनुशासनमा डो¥याउन सहज हुने प्रधानाध्यापक बालकृष्ण लम्सालको अनुभव छ । विद्यालयमा उमेरले पाको भए पनि सबै शिक्षकलाई खाली समयमा कम्प्युटर सिक्न लगाइन्छ । विज्ञान र प्रविधिको समयमा अब कम्प्युटरमार्फत शिक्षा दिनका निम्ति आफूले ४५ वर्षको उमेरमा सिके पनि त्यो शीपले कम्प्युटरमार्फत नै प्रश्नपत्र निकाल्न र अन्य काम गर्न समेत सहज भएको शिक्षक शान्ति रानाले बताउनुभयो । रामपुर दर्छा खोप्टारको पाटीबाट शिक्षा दिन थालेको यो विद्यालय अहिले १४ वटा भवनमा सञ्चालित छ । विभिन्न सरकारी पदमा कार्यरत कर्मचारी उत्पादन गर्ने रामपुरकै पुरानो विद्यालयका रुपमा परिचित रामतुलसी विद्यालयमा अध्ययन गरेका धेरैजना विभिन्न सरकारी ओहदामा रहेको र यसक्षेत्रकै गौरवमय शैक्षिक संस्थाका रुपमा विद्यालय परिचित रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद भट्टराई बताउनुहुन्छ । कुल ७५ जना शिक्षकले अध्यापन गराउने यस विद्यालयमा गत वर्ष मात्रै ३५० जना नयाँ विद्यार्थी भर्ना हुन आएका थिए । निजी र आवासीयबाट १५० जना विद्यार्थी अध्ययनका निम्ति आएका विद्यालयले जनाएको छ । अहिले पाल्पा जिल्लामा ४३७ सरकारी तथा ६० संस्थागत विद्यालय रहेका छन् । रासस
Published Date : 2019-03-03 Back

Website Visitor Count: 140

Noticeboard
शिलबन्दी दरभाउ आह्वान

शिलबन्दी दरभाउ फाराम

प्रकासन मिति : 2024-05-02

अभिभावक विवरण

अभिभावक विवरण

प्रकासन मिति : 2024-02-11

विदा सम्बन्धि सूचना

पुष २८ गते देखि माघ १० गते सम्म विद्यालय बन्द रहने तथा ११ गते देखि नियमित पठनपाठन हुने व्यहाेरा सबैमा जानकारी गराइन्छ ।

प्रकासन मिति : 2023-01-13

विदा सम्बन्धि सूचना

पुष २८ गते देखि माघ १० गते सम्म विद्यालय बन्द रहने तथा ११ गते देखि नियमित पठनपाठन हुने व्यहाेरा सबैमा जानकारी गराइन्छ ।

प्रकासन मिति : 2023-01-13

मन्टेश्वरी शिक्षक अावश्यकता

मन्टेश्वरी शिक्षक अावश्यकता सम्बन्धी सूचना

प्रकासन मिति : 2022-08-07

शिक्षक विज्ञापन सम्बन्धि सूचना

एग्रीकल्चर

प्रकासन मिति : 2022-02-20



SHREE RAMTULASI SECONDARY SCHOOL
आधारभूत भौतिक पूर्वाधार सहित गुणस्तरीय शिक्षाको लागि योगदान, अनुसन्धानात्मक प्रतिस्पर्धी शिपयुक्त सक्षम जनशक्ति उत्पादन
CONTACT
Rampur, Palpa
977 075 400217
ramtulasirampur@gmail.com & info@ramtulasi.edu.np
SUBSCRIBE WITH US

Copyright © All rights reserved. Powered by IMERP